२४ घण्टामा २१२० जना सङ्क्रमित थपिए, २०४४ जना निको

  ।   २०७७ आश्विन १७, शनिबार १७:५७

काठमाण्डौ । बितेको २४ घण्टामा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार नौ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै एक हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

नेपालमा कोरोनाबाट दैनिक औसत आठ जनाको ज्यान जाँदै

२०७७ आश्विन १७, शनिबार १७:५७
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट दैनिक औसतमा आठ जनाको ज्यान जान थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असोज महिनाको तथ्याङ्क हेर्दा औसतमा दैनिक ८ जनाको ज्यान गएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । भदौ ३१ गतेसम्म कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो । […]

सम्बन्धित शीर्षक