नेपालमा कोरोनाबाट दैनिक औसत आठ जनाको ज्यान जाँदै

  ।   २०७७ आश्विन १७, शनिबार १८:०८

काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट दैनिक औसतमा आठ जनाको ज्यान जान थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असोज महिनाको तथ्याङ्क हेर्दा औसतमा दैनिक ८ जनाको ज्यान गएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भदौ ३१ गतेसम्म कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो । आज यो संख्या बढेर पाँच सय २८ पुगेको छ । पछिल्लो १७ दिनमा मात्र एक सय ४९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमा कडा खालको रोग भएकाहरु बढी रहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले ६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएकाहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

Next Post

Corona-infected pregnant woman dies

२०७७ आश्विन १७, शनिबार १८:०८
Nepalgunj : A corona-infected pregnant women has died while undergoing treatment at Nepalgunj Medical College in Kohalpur, Banke. A 29-year-old woman resident of Mahendranagar-1 in Kanchanpur died at 4:30 this morning. She gave birth to a son and a daughter. She had given birth to twins at Seti Hospital in […]