अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

  ।   २०७७ आश्विन ३, शनिबार १३:२९

एजेन्सी । अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

त्यहाँको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताउनु भएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ । तर यो आरोप दुवै चिनियाँ कम्पनीले अस्वीकार गर्दै आएका छन् ।

Next Post

प्रदेश ५ सरकारद्वारा धिताल लगाएत समाजसेवीहरुलाइ पदकले सम्मान

२०७७ आश्विन ३, शनिबार १३:२९
सुर्य प्रसाद धिताल नेपालगन्ज । प्रदेश ५ सरकारद्वारा समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई बिभिन्न पदकबाट विभूषित गरिएको छ । प्रदेश ५ सरकारले संविधान दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । यसरी सम्मानित हुनेमा अग्रज बामपन्थी नेता रोमहर्ष धिताल लगाएत अवधि भाषा साहित्यमा […]

सम्बन्धित शीर्षक