प्रदेश ५ सरकारद्वारा धिताल लगाएत समाजसेवीहरुलाइ पदकले सम्मान

  ।   २०७७ आश्विन ३, शनिबार १३:३२

सुर्य प्रसाद धिताल

नेपालगन्ज । प्रदेश ५ सरकारद्वारा समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई बिभिन्न पदकबाट विभूषित गरिएको छ ।

प्रदेश ५ सरकारले संविधान दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । यसरी सम्मानित हुनेमा अग्रज बामपन्थी नेता रोमहर्ष धिताल लगाएत अवधि भाषा साहित्यमा लामो समयदेखि सक्रिय श्यामानन्द सिंह, सरिता खनाल लगायत सिद्धार्थ बिजनेस ग्रुप रहेका छन् ।

धिताललाई मानवअधिकार र समाजसुधारमा उल्लेखिय काम गरेकोमा समाजसेवा श्री पदक मार्फत सम्मान गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा जन्मिनु भएका धितालले लामो समय देखि तत्कालीन सुदुर र मध्य पश्चिमका विभिन्न जिल्लामा रहेर काम गर्नु भएको थियो । मानव जनजीवन उकास्न धितालले लामो समय आफ्नो ज्यान बाजि राखेर सेवा पुर्‍याउनु भएको थियो । प्रदेश ५ सरकारले सहि मुल्यांकन गरेर पदक द्वारा सम्मान गर्ने निर्णयको धितालले स्वागत गर्नु भयो । धितालले भन्नुभयो,” यो पदकले हौसला बढाएको छ । म जस्ता हजारौं जसले समाजका लागि बलिदान गरेका छन्, उनीहरुको पनि सम्मान हुनुपर्छ ।”

पश्चिम नेपालको समाज सेवा मात्र बामपंथी आन्दोलनको जगहाल्ने महान नेता पनि धिताल हुनुहुन्छ । ५ औं संबिधान दिवसको अवसरमा प्रदेश ५ सरकारले पदक मार्फत गर्ने सम्मान सहि मुल्यांकनको आधारमा गरेको विशेषज्ञहरु बताउँछन् । त्यस्तै अवधि भाषा साहित्य मार्फत सांस्कृतिक पहिचानको संरक्षण एवं सम्बृद्धनको काम गरेकोमा सिंहलाई दङ्गीशरण बलिहाङ्ग पदकबाट सम्मान गर्ने निर्णय गरेको छ ।

Next Post

नोबेल कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतक संख्या १० पुग्यो

२०७७ आश्विन ३, शनिबार १३:३२
बाँके । बाँकेमा नोबेल कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट थप एक जना मृत्यु भएको छ । मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१, पुरेना निवासी ५९ वर्षीया पुरुष हुन् । यससँगै बाँके जिल्लामा कोरोना भाइरस को संक्रमणबाट मृत्यु भएकाको संख्या १० पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले […]

सम्बन्धित शीर्षक