मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुँदै

  ।   २०७८ भाद्र १८, शुक्रबार ०७:०४

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको छ । जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन । र, केही दिन यता देशका अधिकांश स्थानमा झरी परेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

Next Post

दार्चुला घटना प्रकरण : गृह मन्त्रालयको परराष्ट्र मन्त्रालयलाई पत्राचार

२०७८ भाद्र १८, शुक्रबार ०७:०४
काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न सिफारिस गरेको हो । […]