मैदानमा उत्रिएका सबै भन्दा नमूना अब्बल: मतदाता

  ।   २०७९ कार्तिक ३०, बुधबार १६:१२


बाँके । राप्तिसाेनारि र नरैनापुरवासीले बाँके क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्णा केसी नमुनाको जित सुनिश्चित भएको बताएका छन् । मंसीर ४ गते हुने निर्वाचनमा घरदैलो अभियानमा रहेकी नमुनालाई जिताउन यहाँका जनता एकजुट भएर लागेका छन् ।

नरैनापुरको विकासका लागि नमुनाबाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको उनीहरुको भनाइ छ । नमुनाले जनप्रतिनिधि हुँदा र नहुँदादेखि नरैनापुर, राप्तीसोनारी लगायत जिल्लाको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको यहाँका मतदाताको भनाइ छ । अन्धकार रहेको राप्तीपारिलाई विद्युतीकरण गर्न र राप्तीपारिलाई जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक सञ्जालले जोड्न उनले अगुवाइ गरेकी थिइन् । ‘नमुना मर्दादेखि पर्दासम्म हामी जनताकै साथमा हुनुहुन्छ,’ नरैनापुरका असिज खाँले भने, ‘अरु उम्मेदवार चुनावमा भोट माग्न मात्र आउँछन् । चुनाव सकिएपछि कहिलै गाउँमा फर्किँदैनन् । तर नमुना दुःख पीडा हुँदा र खुसी हुँदा जनताकै साथमा हुनुहुन्छ ।’                            विकासवादी नेतृलाई हामीले चुनावमा जिताउनै पर्ने यहाँका मतदाताले जनाएका छन् । नमुनाले यसपालिको चुनाव नजिते पुनः राप्तीपारि पछाडि पर्ने उनीहरु बताउँछन् । राप्तीपारिको समृद्धि र विकासका लागि यसपालि नमुनाको विकल्प अरु नभएको यहाँका मतदाताको भनाइ छ ।

Next Post

भारतमा ज्याला मजदुरीका लागी पुगेका बारबर्दियाका एक युवाको मृत्यु, शव ल्याउन पहल गरिदिन परिवारको अपिल

२०७९ कार्तिक ३०, बुधबार १६:१२
संवाददाता, बर्दिया । भारतको उत्तराखण्डमा पर्ने टेडि गडवालमा ज्याला मजदुरीका लागी गएका १ जना नेपालीको मृत्युभएको छ । मृत्यु हुनेमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ८ थानफेनाका २२ बर्षिय सुवास चन्द्र थारु रहनुभएको छ । २३ कार्तिक २०७९ का दिन घरबाट जानुभएका उहाँको ३० कार्तिक २०७९ का दिन मृत्युभएको खबर आएको […]