भारतमा ज्याला मजदुरीका लागी पुगेका बारबर्दियाका एक युवाको मृत्यु, शव ल्याउन पहल गरिदिन परिवारको अपिल

  ।   २०७९ मंसिर १, बिहीबार १५:३८

संवाददाता, बर्दिया ।

भारतको उत्तराखण्डमा पर्ने टेडि गडवालमा ज्याला मजदुरीका लागी गएका १ जना नेपालीको मृत्युभएको छ । मृत्यु हुनेमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ८ थानफेनाका २२ बर्षिय सुवास चन्द्र थारु रहनुभएको छ ।

२३ कार्तिक २०७९ का दिन घरबाट जानुभएका उहाँको ३० कार्तिक २०७९ का दिन मृत्युभएको खबर आएको घरपरिवारले जनाएका छन । मृतक थारु अविवाहित हुनुहुन्थ्यो ।

बिहीबार (आज) दिउँसो ३ बजे सम्म मृतक थारुको शव भारतीय एक अस्पतालमा राखिएको भएपनि अस्पतालले छिटो शव लैजान भनीरहेको परिवार सदस्य दाजु नाता पर्ने सुमन थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँकै केही युवा पनि सगैं ज्याला मजदुरीको काम गर्न त्यहाँ पुगेका छन । आर्थिक अवस्था कमजोर भएकाले छिटो शव ल्याउन नसकिएको भन्दै सक्दो पहल गरिदिन सबैलाई घरपरिवारले अनुरोध गरेको छ ।

मृतकका बुवा छोटेलाल थारु आज दिउँसो मात्रै त्यहाँ पुग्नुभएको छ । मृत्यु कारण भने अझै स्पष्ट भईसकेको छैन ।

फोटो स्रोत :  Yashu Kc 

Next Post

बाँके क्षेत्र नं. २(२) मा माओवादी प्रतिको आकर्षणले अकल बमलाई बनायो ढुक्क

२०७९ मंसिर १, बिहीबार १५:३८
नेपालगन्ज । बाँके क्षेत्र नं. २(२) मा माओवादी प्रति मतदाताको आकर्षण बढ्दै गएको छ । मंसिर ४ मुखमै आउदा मतदाताको आकर्षणले यस क्षेत्रका माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमको आशा बढेको हो । यसले आफू विजयी हुनेमा नेता बम ढुक्क हुनुहुन्छ । बिहीवार दिनभर माओवादी केन्द्रका उम्मेदवार सहित प्रचारप्रसारमै ब्यस्त […]