वैशाख ६ र ७ गते भिटामिन ’ए’ र जुकाको औषधि देशभर खुवाइने

  ।   २०७९ बैशाख ५, सोमबार १२:५५

संवाददाता ।

सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

सरकारले फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा दुई वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि खाएको हुनसक्ने भएकाले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ’ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।

Next Post

सिएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट : अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल, श्रीलंकसँग नेपालको तुलनै नहुने ठहर

२०७९ बैशाख ५, सोमबार १२:५५
नेपालगन्ज: नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिदै बिदेशी मुद्राको संचितीमा परेको चापलाई कम गर्ने […]

सम्बन्धित शीर्षक