डा. मित्र काफ्ले ब्र्याम्प्टन सिटीजन्स अवार्डबाट सम्मानित

  ।   २०७८ असार १३, आईतवार २१:३४

No description available.

बाँके । नेपाली मुलका क्यानेडाली मानव अधिकारकर्मी मित्र काफ्लेले कोभिड- १९ जस्तो महामारीका बेला समुदायलाई सहयोग पुर्‍याउने अनुकरणीय कार्य गरे बापत ब्रम्टन सहरबाट नगरिक अवार्ड पार्प्त गर्नु भएको छ । सो अवार्ड ब्रम्प्टनका वर्तमान मेयर प्याट्रिक ब्राउनले प्रदान गर्नु भएको हो ।

सो समुदायमा एक सार्वजनिक व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएका काफ्लेलाई धेरै प्रख्यात बोर्ड सदस्यका रुपमा नियुक्त गरिएको छ । काफ्लेले ब्र्याक ब्रम्प्टन रेसिडेन्ट एसोसिएसन काउन्सिलको बोर्ड सदस्यको रूपमा काम गर्नुहुन्छ भने तीनै स्थानीय, प्रान्तीय र संघीय सरकारसँग समन्वय गर्दै आउनुभएको छ ।

काफ्लेले अमेरिकी विश्वविद्यालयबाट मानार्थ डक्टरको उपाधी प्राप्त गर्नु भएको छ । उहाँले उत्तरी अमेरिकामा आफ्नो अध्ययन पूरा गर्नु भएको थियो । उहाँ २ हजार ८ मा क्यानाडामा बसाई सरि जानुभएको थियो । काफ्ले एनआरएन क्यानडाको संस्थापक हुनुका साथै एसोसिएसन अफ अमेरिकाका पूर्व उपाध्यक्ष समेत भैसक्नु भएको छ । काफ्ले अमेरिका र क्यानडा, जीटीए पूर्व(पश्चिम सामुदायिक सेवा इंकका संस्थापक अध्यक्ष पनि हुनुभएको थियो । उहाँ ब्रम्पटन पनि हुनुहुन्छ ।

यसैगरी माउन्ट एभरेस्ट लायन्स क्लब (चार्टर), क्यानडाको ब्राम्प्टनमा लायन्स क्लबको पहिलो निर्वाचित राष्ट्रपति। यसका साथै उहाँ अन्तर्राष्ट्रिय नेपाली समुदायको कन्ट्री निर्देशक पनि हुनुहुन्छ, ‘जीआईडीएसएस इन नेपाल बिल्डिंग सेफ एण्ड हेल्दी नेपालू का संस्थापक र ‘अन्य असीमित अन्तर्राष्ट्रिय क्यानाडा शाखा’ का संस्थापक भैसकेको हुनाला काफ्ले संग थुप्रै अनुभव भएको एक क्यानडियन नागरिक बताउनु हुन्छ । काफ्ले भन्नुहुन्छ, ‘म समुदायलाई बढाउन आफू संग भएको ताकत लगाएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उहाले थप्नु भयो, ‘एकदिन नेपाली समुदायलाई आफ्नो माटो मै सेवा गर्ने प्रेरणा दिएर सम्पन्नता र शुखी नेपालीको परिकल्पना गरेर आफ्नो भुमिमा फर्किने र फर्काउन सक्षम हुने कुरामा ढुक्क छु ।’

क्यानडा अत्यन्त विकसित मुलुक हो । जहाँ कानूनको शासन र सुशासन छ, सबै क्षेत्रमा मानवअधिकारको विकास र संरक्षणको सम्भावना प्रसस्त रहेको छ। काफ्ले हाल ब्र्याम्प्टनमा आफ्नो श्रीमती, तीन बच्चाहरु र दुई नातिनातिनाहरु संग बस्दै आउनु भएको छ । फुलको बगैंचा बनाउने, साइकल चलाउने, पौडी खेल्ने, लामो ड्राइभिङ गर्नु उहाँको सौख हो । काफ्ले एक घर जग्गा व्यवसायको लागि खप्पिस र सफल व्यावसायिकका रुपमा समेत स्थापित हुनुहुन्छ ।

यति हुदाहुदै पनि काफ्लेले घण्टौ सम्म नेपालको लागि सोच्ने गरेको घरपरिवारले बताउँछन् । नेपाललाई मानव अधिकार, सामाजिक र आर्थिक विकासका क्षेत्रमा सम्पन्न बनाउने धोको रहेको काफ्ले बताउनु हुन्छ । नेपाली भएर क्यानडामा जम्नु भएका काफ्ले क्यानडाको राजनीतिमा पनि त्यत्तिकै दखल राख्ने सचेत नागरिक भएको समाजले बखान गर्दै आएको छ । त्यसैले काफ्लेले अवार्ड पाएर नेपालीहरुको नाक उचो पार्न सफल भएको मुल्यांकन ब्रम्प्टनका मेयर ब्राउनले गर्नुभएको छ ।

Next Post

कोरोना बिरामी तथा कुरुवाका लागि भान्सा घर सन्चालनमा जुटे बैजनाथका युवाहरु

२०७८ असार १३, आईतवार २१:३४
बाँके । बाँके जिल्लाको बैजनाथ गाउँ पालिका वडा नं. ६ निवासी स्थानीय गिता सुनारको घरमा युवा संघ नेपाल बैजनाथ गाउँपालिका अध्यक्ष प्रेम बिष्टको नेतृत्वमा आइतबार सहयोग हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरणमा युवा संघ नेपाल बाँके जिल्ला कमिटी सदस्य एवं नेकपा एमाले बाँके जिल्ला सदस्य यज्ञ पुन युवा संघ नेपाल बाँके […]