नेपालगंजमा मनपरी सवारी पार्किङ्ग गरे कारबाही

सवारी साधान रामलिला मैदानमा पार्किङ्ग गर्नुपर्ने

  ।   २०७७ फाल्गुन १२, बुधबार १८:११

प्रेम विश्वकर्मा, नेपालगंज ।
बाँकेको नेपालगंजमा दैनिक जसो सवारी चाप बढ्दो क्रममा छ । बढ्दो सवारी चाप र अब्यवस्थित ट्राफिक ब्यवस्थापनलाई थप ब्यवस्थित बनाउन पहल थालिएको छ ।

यही फागुन ७ गते प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको संयोजकत्वमा सरोकारवाला निकायको उपस्थितीमा ट्राफिक ब्यवस्थापन सम्बन्धी बैठक बसी आवाश्यक निर्णय गरिएको हो ।

निर्णाय अनुसार सवारीको चाप हुने मालपोत, भेरी अस्पताल, रानी तलाऊ (सब्जिमण्डी), भेरी अस्पताल क्षेत्रमा पार्किङ्ग गर्न पाईने छैन । यहाँका सवारी साधानहरु रामलिला मैदानमा पार्किङ्ग गर्नुपर्नेछ ।

साथै नगरका विभिन्न क्षेत्रमा जथाभावी मनपरी सवारी साधान पार्किङ्ग गरी राखिदाँ ट्राफिक ब्यवस्थापनमा समस्या भएकाले अब अटेरी गर्नेलाई सिधै ठाउँको– ठाउँ कारबाही गरिनेछ ।

नेपालगंज उपमहानगरपालिकाले तोकेका र इजाजत दिइएका पार्किङ्ग स्थलमा मोटर साइकलको १० रुपैंया, कार जीप २० रुपैंया, र ट्रक ४० रुपैंया पार्किङ्ग शुल्क लाग्ने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपालगंज उपमहानगरपालिका (नगर प्रहरी) ले जथाभावी पार्किङ्ग गरी हिँड्नेलाई कारबाही गर्न थालेका छन ।

रामलिला संञ्चालक समिति भने सवारी पार्किङ्ग स्थलको रेखदेख र ब्यवस्थापनमा लागेको छ ।

बार्षिक नगर विकास योजना २०७७–०७८ मा उल्लेख भए अनुसार नगर भवन भाडामा लिँदा ब्यक्तिको हकमा प्रतिदिन २ हजार रुपैंया, राजनीतिक दल १ हजार रुपैया, विद्युत शुल्क ५ सय रुपैंया लाग्ने छ ।

तर सांस्कृतिक कार्यक्रमका लागी भने नगर भवन भाडामा दिईने छैन । यसैगरी उपमहानगरपालिकाको डोजर प्रतिघण्टा २ हजार ३ सय रुपैंया, टिप्पर ७ हजार रुपैंया प्रतिदिन, रोलर ६ हजार रुपैंया प्रतिदिनका दरले भाडामा लिने पाईनेछ ।

जसमा टिप्पर चालकलाई ५ सय रुपैंया, डोजर र रोलर चालकलाई १ हजार रुपैंया प्रतिदिन थप उपलब्ध गराउनुपर्ने छ । जम्मा रकमको दोब्बर धरौटी राखी इन्धन तथा सामान्य मर्मत गर्ने ब्यवस्था भाडामा लैजाने ब्यक्ति–संस्थाले नै ब्यहोर्नु पर्नेछ ।

Next Post

मानव बेचविखन रोक्न नेपाल भारतका संस्थाहरुको समिक्षा बैठक सम्पन्न

२०७७ फाल्गुन १२, बुधबार १८:११
नेपालगञ्ज । नेपाल र भारतका विभिन्न संघसंस्थाविच मानव ओसारपसार तथा बेचविखन विरुद्धको अभियानमा सहकार्य गरेर काम गर्ने सहमति भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बुधवार नेपालगञ्जमा आयोजना गरिएको मानवबेचविखन विरुद्धको अन्तरसीमा अन्तक्रिया तथा समिक्षा बैठकमा सो सहमति भएको हो । बैठकमा सहभागि मानवबेचविखन विरुद्ध काम गर्दै आएका […]