तराईमा बाक्लो कुहिरो : कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  ।   २०७७ मंसिर ८, सोमबार ०७:४७

काठमाण्डौ | अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ ।

चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार दिउँसो घाम लाग्दै गएपछि कुहिरो हट्दै जानेछ । आज दिउँसो देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । काठमाण्डौमा पनि आज दिउँसो हिजो अस्तिको जस्तो पारिलो घाम लाग्ने सम्भावना छैन ।

कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपात हुने भएकाले बढी चिसो हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

राति पनि देशको धेरैजसो पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि दिउँसोसम्मको मौसम यस्तै रहने अनुमान गरिएको छ । भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव अलि बढी पर्ने हुनाले कतै कतै सामान्य खालको पानी पर्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अरु ठाउँमा पनि मौसम त्यति नखुल्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो ।

काठमाण्डौको आज बिहान ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । उज्यालो अनलाइन

Next Post

जाजरकोट अस्पतालमा बिरामी बोक्न डोको, टायर फेर्न नसकेपछि दुई वर्ष देखि एम्बुलेन्स ग्यारेजमा

२०७७ मंसिर ८, सोमबार ०७:४७
जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स […]

सम्बन्धित शीर्षक