निता शाह
नेपालगंज।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आजदेखी महामारी प्रतिकार्य दादुरा–रुवेला खोप अभियान शुरु गरिएको छ ।
‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मुख्य नाराका साथ राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुरु भएको खोप अभियान यही माघ २१ गतेसम्म चल्नेछ । ९ वटै वडाका खोप केन्द्र मार्फत ६ महिनादेखी १५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाईदैछ ।
सोमबार मात्रै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ हरिहरपुरको महेन्द्र टोलमा १५ महिने बालिकामा दादुराको संक्रमण देखिएको थियो ।
फोटो नरेश श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा…
थप समाचार :
बाँकेका ६ वटा पालिकामा दादुरा रुबेलाको संक्रमण देखियो