असहायको सहारा बन्दै पुर्ण तारा फाउन्डेसन

  ।   २०८१ बैशाख ४, मंगलवार २२:३७

सबिता चन्द

नेपालगन्ज । पुर्णतारा फाउन्डेसन असहायको सहारा बन्दै गएको छ । मंगलबार फाउन्डेसनले आफ्नै कार्यालय कारकादोमा १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी श्रवण कुमारको प्रमुख अतिथ्यतामा सहयोग हस्तान्तरण गरेको हो ।

असहाय बालबालिकाहरुलाई फाउन्डेसनले विद्यालय पोसाक, जुत्ता, एकबर्षको लागि स्टेसनरी बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल र नेपालगन्ज उपमहानगरपालिका शिक्षा विभाग प्रमुख गोरख बहादुर थापाको हातद्वारा टीका र खादा लगाउदै हस्तान्तरण गरिएको फाउन्डेसनका अध्यक्ष तरा कुमारी खत्री(रोकाय) ले जानकारी गराउनु भायो । कार्यक्रममा बालबालिकाका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । जय जनता माध्यमिक विद्यालय र ज्ञान ज्योति माध्यमिक विद्यालय कोहलपुरका गरिव असहाय, अनाथ १० जना बालबालिकालाई सहयोग गरेको सचिब शोभा गुरुङले बताउनु भायो ।

नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यस संस्थाले पवित्र भावले कार्यक्रमको आयोजना गरेर जुन बालबालिकाहरुलाई हस्तान्तरण गर्‍यो धेरै राम्रो काम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ´राज्य एक्लैले केही पनि गर्न नसक्ने भएको हुनाले स्थानीय सामुदायिक र विभिन्न संस्थाहरूबाट सहयोग मागेर जनतालाई सुख सुविधा दिने राज्यको परिकल्पना हो । त्यही परिकल्पना अनुसार यो संस्थाले आफ्नो निजि स्रोतबाट राज्यलाई सहयो गरेको छ । अनाथ बालबालिकाहरुलाई शिक्षा दिने दायित्व राज्यको हो, तर राज्यको दायित्व यस संस्था र म्यडमले पूरा गर्नु भएको छ ।` प्रमुख अतिथि समेत रहनु भएका प्रजिअ पोखरेलले आफू पनि गाउँबाटै दु:ख गरेर पढेको बताउदै विद्यार्थीहरुलाई मिहेनत गरेर पढ्न समेत उत्साह दिनुभयो ।

विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख थापाले पुर्णतारा फाउन्डेसनले निकै उदाहरणीय काम गरेको बताउनु भयो । दु:ख पाएका बालबालिकाहरुलाई जुन सहयोग पुर्णातारा फाउन्डेसनले गर्‍यो त्यसका लागि थापाले धन्यवाद दिनुभयो । अर्का बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका पुर्व संसद पार्वती पुन (बि क) ले पुर्णतारा फाउन्डेसनले असहायहरुको दुखेको घाउमा मलम लगाउने काम गरेको छ भन्दै फाउन्डेसनको प्रसंशा गर्नु भयो । त्यस्तै बाँके जिल्ला समन्वय समिति सदस्य रेवती परियार, कलेज अफ म्यानेजमेन्टका अध्यक्ष मुना हमाल, नारी कल्याण समाज बाँके उपाध्यक्ष यसोदा उपाध्याय, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा. डक्टप्रसाद धिताल, एकता आमा समूहकि अध्यक्ष मेनका बम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तारा कुमारी रोकायले आफ्नो निजि स्रोतबाट यो भलाईको काम गर्न सकेकोमा आफूहरु गौरवशाली भएको बताउनु भयो । अध्यक्ष रोकायले फाउन्डेसनलाई सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो भने कार्यक्रम संचालन फाउन्डेसनका सचिब शोभा गुरुङले गर्नुभएको थियो ।

Next Post

शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तीन दिने क्षमताअभिबृद्धि तालिम प्रदान

२०८१ बैशाख ४, मंगलवार २२:३७
नेपालगन्ज,  । बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा बर्दियाका विभिन्न स्थानीय तहका शिक्षकहरुलाई तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत स्थानीय तहका २७ जना प्रधानाध्यापक र लैगिंक समानता तथा […]