बेरोजगारीको न्यूनीकरण गर्ने मेरो पहिलो प्राथमिकता : कस्मिरा

  ।   २०७९ कार्तिक १४, सोमबार १३:१४

नेपालगञ्ज । नेकपा माओबादी केन्द्रकी नेतृ एंव लुम्बनी प्रदेशसभा सदस्यमा समानुपातिक तर्फकी उम्मेदवार काली मियाँ (कस्मिरा) ले सदियौँदेखि विभेदमा रहँदै आएको मधेसी जनजाति, मुस्लिम महिलालगायतलाई हक अधिकारबाट अब कसैले वञ्चित गर्न नसक्ने बताएकी छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा चुनाव प्रचार-प्रसारका लागि सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य समानुपातिकतर्फकी उम्मेदवार कस्मिराले मुलुकमा भएका ठूला-ठूला आन्दोलनहरूले शासक मात्र परिवर्तन गर्दै आए पनि १० वर्षीय जनयुद्धले शासन व्यवस्था नै परिवर्तन गरेको उल्लेख गरिन् । शोषित उत्पीडित समुदाय अब अधिकार सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

‘निर्वाचनपछि समग्र महिलाहरूको उन्नति मेरो प्राथमिकतामा रहन्छ,’ कस्मिराले भनिन् ।

सासंदले कानुन बनाउने मुख्य काम भएकोले महिलाहरूले अर्थोपार्जन गर्ने, रोजगारी सिर्जना गर्नेलगायतका कामलाई प्राथमिकता दिनेगरी कानुन निर्माण गर्नमा पहल गर्ने कस्मिराको भनाइ छ ।

Next Post

बाँके २ (ख) का युवा उम्मेदवार बम जनताको रोजाईमा

२०७९ कार्तिक १४, सोमबार १३:१४
बाँके क्षेत्र नं. २ (ख) बाट नेकपा माओवादी केन्द्रतर्फका उम्मेदवार अकल बहादुर बम जनतको रोजाइमा पर्न थाल्नु भएको छ ।  बमले एक भेटघाट कार्यक्रममा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्न माओवादी केन्द्रलाई जिताउनुपर्ने बताउनु भएको हो । जनताले माओवादी केन्द्रप्रति देखाएको आशा विश्वासलाई आफूहरूले सदैव सम्मान गर्ने बमको […]

सम्बन्धित समाचार