बाँके २ (ख) का युवा उम्मेदवार बम जनताको रोजाईमा

  ।   २०७९ कार्तिक १४, सोमबार १३:३५


बाँके क्षेत्र नं. २ (ख) बाट नेकपा माओवादी केन्द्रतर्फका उम्मेदवार अकल बहादुर बम जनतको रोजाइमा पर्न थाल्नु भएको छ ।  बमले एक भेटघाट कार्यक्रममा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्न माओवादी केन्द्रलाई जिताउनुपर्ने बताउनु भएको हो ।
जनताले माओवादी केन्द्रप्रति देखाएको आशा विश्वासलाई आफूहरूले सदैव सम्मान गर्ने बमको प्रतिबद्धता थियो ।
बाँके क्षेत्र नं. २ (ख) बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका बमले मधेशका हजारौँ नागरिक अझै नागरिकताविहीन रहेको बताउँदै मधेशीहरूबाट डराएका शासकहरू उनीहरूलाई नागरिकताबाट वञ्चित बनाइरहेको बताए ।

नागरिकताविहीनहरूका लागि अझै संघर्ष गर्नुपर्ने उहाँको भनाइ थियो । बमले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र माओवादी केन्द्र मात्र रहेको दाबी समेत गर्नु भयो ।

Next Post

बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी खटिदै

२०७९ कार्तिक १४, सोमबार १३:३५
संवाददाता, नेपालगंज । मंसिर ४ को निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी खटिदै छन । ३० असोज २०७९ म्यादी प्रहरीको रुपमा नियुक्त भई तालिम समेत सम्पन्न गरिसकेलाई आज आवाश्यक कार्य निर्देशन दिईएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका बिच […]