बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी खटिदै

  ।   २०७९ कार्तिक १४, सोमबार १६:१०

संवाददाता, नेपालगंज

मंसिर ४ को निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी खटिदै छन । ३० असोज २०७९ म्यादी प्रहरीको रुपमा नियुक्त भई तालिम समेत सम्पन्न गरिसकेलाई आज आवाश्यक कार्य निर्देशन दिईएको छ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यको निर्वाचन कुशलता पुर्व सम्पन्न गराउन निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

Next Post

जनताको घर घरमा कृष्णा केसी (नमुना) को वास

२०७९ कार्तिक १४, सोमबार १६:१०
  नेपालगन्ज । गत २०७४ को निर्वाचनमा बाँके निर्वाचन क्षेत्र १ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि त्यहाँका जनताले माओवादी नेतृ कृष्णा केसी ‘नमुना’ लाई ५ बर्षका लागि जिताएर पठाए । जिताएर पठाएको दिन देखि नै नमुनाको बास जनताकै बिचमा छ । निर्वाचन जितेर गैसकेपछि प्रायः सांसदहरु आफ्नो निर्वाचन […]

सम्बन्धित समाचार