मन्त्रीपरिषदको आकस्मिक बैठकले मुल्य वृद्धि घटाउन निगमलाई दियो निर्देशन

  ।   २०८० आश्विन १४, आईतवार १५:२७

काठमाडौ । अत्याधिक मूल्य वृद्धिको चारैतिर भएको विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आकस्मिक मन्त्रिपरिषद्को बैठक बसाल्नु भएको छ । सो बैठकले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको थियो ।

यस्तै उपभोक्ताको ढाड सेक्ने गरि मूल्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भए सङ्गै मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पनि निगमलाई निर्देशन दिएको हो ।

नेपाल आयल निगम शनिबारदेखि पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ रुपैयाँ बढाएको थियो । अत्यधिक मुल्य वृद्धिका कारण जनता मार मा परेकाछन ।

Next Post

बाँके कोहलपुरमा टिप्परले ठक्कर दिदा एकजनाको मृत्यु

२०८० आश्विन १४, आईतवार १५:२७
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित चपडगौडीमा टिप्परले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । सडक दुर्घटनामा परि बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुर बस्ने वर्ष ७० का साइकल यात्री पतिराम थारुको मृत्यु भएको हो । तीब्र गतिमा सडकमा हुईकिएको टिप्परले साइकल चलाइरहेका बैजनाथ गाउँपालिका ४ तिलकपुरका  […]