१८ दिनमा जबरजस्ती करणी, ज्यान मार्ने कसुरका फरार ब्यक्ति पक्राउ पछि सार्वजनिक

  ।   २०७७ चैत्र ४, बुधबार १६:५३

संवाददाता, नेपालगंज
बालिकालाई जबरजस्ती करणी प्रयास गरि ज्यान मार्ने मनसायले कुटपिट गरी बेहोस बनाई फरार नेपालगंज ४ का २० बर्षिय जुनेद हलवाई पक्राउ परेका छन ।

उनलाई भारतीय प्रहरीको सहयोगमा मंगलबार पक्राउ गरि आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । घोसी टोल बस्ने जुनेद हलवाईले गत माघ १६ गते नेपालगंज ४ बसपार्क स्थित एक होटलमा बालिकामाथी जबरजस्ती करणी तथा कुटपिट पछि बेहोस बनाई भागेका थिए ।

यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार खजुरा गाउँपालिका ६ सिमलघारीका २० बर्षिय बम बहादुर सार्की पनि पक्राउ परेका छन । उनलाई जिल्ला अदालत बाँकेले २०७७ कार्तिक २४ गते फैसला गर्दै कर्तव्य ज्यान मुद्दामा २ महिना कैद सजाय तोकेको थियो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत बाँकेमा बुझाईएको छ । फरार ब्यक्ति पक्राउ गर्ने अभियान अन्र्तगत हाल सम्म ५४६ जना फरार अभियुक्त पक्राउ गरी सकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

बालबालिका र महिला हिंसा न्युनिकरणका लागि बढैयामा प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक

२०७७ चैत्र ४, बुधबार १६:५३
सिराज खान नेपालगन्ज । बाँके युनेस्को क्लबले बालबालिका र महिलामाथि हुने हिंसा न्युनिकरणका लागि बर्दियाको बढैयामा बुधबार प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल बिवाह न्यूनीकरण परियोजना अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल, प्रहरी र न्यायिक समिति, बाल अधिकार […]