भुकम्प प्रभावितलाई प्रहरीको आर्थिक सहयोग

  ।   २०८० कार्तिक २३, बिहीबार २०:४३

नेपालगन्ज । नेपाल पूर्व प्रहरी सङ्गठन बाँकेले जाजरकोट र रुकुमपश्चिम्का भूकम्पबाट प्रभावितहरुलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत् सङ्गठनमा आवद्ध सदस्यहरुबाट स्वस्फूर्त रुपमा सङ्कलन भएको ९१ हजार रुपैयाँको चेक भूकम्प पीडितलाई सहयोग उपलव्ध गराइएको सङ्गठनका बाँके अध्यक्ष पूर्व प्रहरी निरीक्षक गङ्गाबहादुर अधिकारीले जानकारी दिनु भएको छ ।

सङ्गठनका वरिष्ठ सल्लाहकार पूर्व प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले पूर्व प्रहरी कर्मचारीहरु सङ्कटको बेलामा थोरै भएपनि त्यहाँका पीडित नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगका लागि आफ्नो खाईपाई आएको पेन्सनबाट राहत स्वरुप आर्थिक रकम जुटाइएको बताउनु भयो ।

उहाँले राहत रकम थोरै भएपनि समस्या परेको बेलामा एकले अर्कोलाई सहयोग गर्ने पवित्र उद्देश्यले सङ्कलन गरिएको ९१ हजार बराबरको चेक प्रजिअमार्फत् हस्तान्तरण गरिएको बताउनु भएको हो।

Next Post

ल्याव सेवाको पहुँचमा राप्तिसोनारी

२०८० कार्तिक २३, बिहीबार २०:४३
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले प्रत्येक वडामा ल्याव (प्रयोगशाला) सेवा पुर्‍याउने भएको छ । यसैक्रममा बुधबार राप्तीसोनारी १, कुसुमस्थित खासकुश्मा स्वास्थ्य चौकीमा ल्याव (प्रयोगशाला) सेवा सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गर्नु भएको छ । अध्यक्ष पौडेलले पालिकालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम […]