अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप

  ।   २०७७ आश्विन १२, सोमबार १०:४०

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । उहाँले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताउनुभएको थियो ।

घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गर्नुभएको छ ।

आफूले कर तिर्दै आएको उहाँको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आउनुभएको छ । ट्रम्पको ट्याक्स सम्बन्धी आँकडालाई लिएर डेमोक्र्याट्सले त्यसमा छानबिन गर्न माग गर्दै आएका छन् । उज्यालो अनलाइन

Next Post

सीमा सुरक्षाका लागि चितवनमा सशस्त्रका दुई बीओपी स्थापना

२०७७ आश्विन १२, सोमबार १०:४०
काठमाण्डौ । भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बीओपी थपिएको हो । माडी नगरपालिका– ९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा […]