भेरी आस्पलको नवनिर्मित इन्डोर भवन र एम.आर.आई. सेवा उद्घाटन

  ।   २०८१ श्रावण २५, शुक्रबार २१:५४

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले विशिष्टिकृत स्वास्थ्य सेवाका रूपमा एमआरआई सुरु गरेको छ।

गत वर्षको साउनमा एमआरआई मेसिन ल्याएर सञ्चालनमा भए पनि संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार औपचारिक रूपमा सेवा शुभारम्भ गर्नु भएको हो।

भेरीमा जडान गरिएको थ्रीटेस्लाको मेसिन एमआरआई पश्चिम नेपालकै पहिलो अत्याधुनिक मेसिन हो। नेपाल सरकारको २४ करोड रुपैयाँमा एमआरआई मेसिन खरिद गरिएको हो। यो मेसिन लुम्बिनी प्रदेशभरी भेरीमा मात्र छ। एमआरआई सेवा सुरु भएपछि बिरामीलाई निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता नै हटेको छ।

अस्पतालको नवनिर्मित इन्डोर भवन तथा एमआरआई सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले संविधानमा उल्लेख भए बमोजिम नागरिकका लागि सबै स्वास्थ्य सेवा प्रदान गर्न तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको पनि बताउनु भयो।

भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र उपकरणको आधारमा गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए।

Next Post

युवा दिवस नेपालगन्जमा मनाईयो बास÷ब्राईटल्याण्ड युवा पुरस्कार परियारलाई

२०८१ श्रावण २५, शुक्रबार २१:५४
नेपालगन्ज । लुम्बिनी प्रदेशका निबर्तमान सामाजिक बिकास मन्त्री माननीय रत्न खत्रीले तीन वटै तहका सरकारलाई यूवा मैत्री बनाउनु पर्ने बताउनु भएको छ। अन्तराष्ट्रिय युवा दिवस २०२४ को अवसरमा आज नेपालगन्जमा भएको डिजिटल प्रविधिमा युवा, किशोर किशोरीको पहुँच बिषयक अन्तर सम्बाद कार्यक्रम तथा बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ प्रदान कार्यक्रमका प्रमुख अतिथि […]