अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला

  ।   २०७८ श्रावण १८, सोमबार ०७:०९

एजेन्सी । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् ।

तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् ।

अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह र कान्दहार कब्जा गर्ने क्रममा ती शहरहरुमा प्रवेश गरेका तालीवानी बिद्रोही र अफगानी सेनाबीच संघर्ष जारी रहेकै बेला बिमानस्थलमा रकेट हमला गरिएको हो ।

सो बिमानस्थल कब्जा गर्ने उद्देश्यका साथ रकेट आक्रमण हुन थालेपछी अफगान सरकार थप मारमा परेको छ । अफगानिस्तानको मुख्य शहरका रुपमा परिचित कान्दाहारलाई तालीवानी बिद्रोहीले बिगत तीन सातादेखि निशानामा पार्दै आएको छ ।

अफगाानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी तालीवानी गतिबिधी तीब्र हुन थालेको हो । पछिल्लो समय भएको तालीवानी हमलाका कारण सयौं सर्वसाधारण पलायन हुन थालेका छन् ।

Next Post

ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त

२०७८ श्रावण १८, सोमबार ०७:०९
एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ । पदक तालिकामा अहिलेसम्म २४ स्वर्ण पदक जित्दै चिन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले २० वटा स्वर्ण पदक जितेको छ । […]