ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त

  ।   २०७८ श्रावण १८, सोमबार ०७:१०

एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

पदक तालिकामा अहिलेसम्म २४ स्वर्ण पदक जित्दै चिन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले २० वटा स्वर्ण पदक जितेको छ । १७ वटा स्वर्ण पदक जितेको आयोजक जापान तेस्रो स्थानमा छ भने चौथो स्थानको अष्ट्रेलियाले अहिलेसम्म १४ स्वर्ण पदक जितेको छ ।

१२ स्वर्णसहित रुसी ओलम्पिक कमिटि पाँचौ स्थानमा रहँदा छैटौं स्थानको बेलायतले हालसम्म १० वटा स्वर्ण पदक जितेको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ५३ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

Next Post

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

२०७८ श्रावण १८, सोमबार ०७:१०
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार ५००‚ इन्डोनेसियामा ३० हजार ७००, बेलायतमा २४ हजार ४००, रसियामा २२ हजार, अमेरिकामा २१ हजार, टर्कीमा २० हजार ८०० […]