के के भयो नेपालगन्ज माओवादी केन्द्रको विस्तारित बैठकमा ??

  ।   २०७८ चैत्र ९, बुधबार २३:३६

    नेपालगन्ज । हल खचाखच थियो । कुर्सीमा बस्ने कुनै ठाउँ थिएन । मानिस बस्ने ठाउँ नपुगेर कतिले कुर्सी बोकेर हल भित्र मिलाउदै  थिए । स्टेजमा राखिएका कुर्सीमा पनि अतिथि पनि उत्तिकै खचाखच नै…… भित्तामा हसिया हतौडा अंकित व्यानरमा ठूला अक्षेरले कोरिएको अक्षर टाढैबाट देखिन्थे । ती लेखिएका अक्षर थिए ´ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपालगन्ज उपमहानगरपालिका कार्यसमिति पुर्ण विस्तारित बैठक`,  स्टेजमा माइकबाट बडो मिलाएर बोलिरहेका थिए कार्यक्रम संचालक एकजना ।  उनी थिए नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सचिब प्रेम शाह । शाहले केन्द्र देखि प्रदेश सम्मका सर्कुलर पढेर सुनाए ।
सुन्ने कार्यकर्ताहरु पनि उत्तिकै मीठो मुद्रामा सुनिरहेका थिए । एकै छिनमा उपमहानगर समिति उपाध्यक्ष बसन्त मल्ल आए । मल्लले उपमहानगर भित्र पार्टीले दुई महिनामा गरेका पार्टी सुदृढीकरण र संगठन निर्माणको प्रगति प्रतिवेदन सुनाए । यो उपमहानगर समितिको दुई महिने कार्यकाल सफल भएको अझै सफल बन्ने बिश्वा व्यक्त गर्दै थिए उपाध्यक्ष मल्ल । मल्लको प्रतिवेदन लगतै नगरका अर्का उपाध्यक्ष ताराबहादुर रेग्मी खत्रीले आफ्ना मन्तव्य राखे । खत्रीले भने,´ तल बस्ने कार्यकर्ता भन्दा स्टेजमा बस्ने अतिथि धेरै हुनु लाजमर्दो कुरो हो । हामी पार्टीको विधि पद्धति अनुसार चल्न सक्नु पर्छ ।` यस्तै प्रदेश सदस्य डिल्ली बराल (अमिर), प्रदेश सदस्य नवीन शर्मा, आदेश अग्रवाल, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सह-सचिब अकल बहादुर बम ( रबिन्द्र) ले नेपालगन्जमा पार्टी लोभ लाग्दो बताए । उनले भने,´ साथीहरू अब लाग्नुस, हामीले नेपालगन्जका सबै वडा जित्नको लागि आफ्नो सक्रियता बढाउनु होस् ।` यस्तै केन्द्रिय सदस्य अत्तहर हुसेन फारुकी, अन्जना चौधरी (अर्पणा) र बाँके इन्चार्ज पुर्णा सुवेदी (सिला) ले प्राशिक्षणात्मक विचार राखेका थिए । केन्द्रिय सदस्य तथा इन्चार्ज सुवेदीले लेलिन, स्टालिन, माक्स, माओको विचार र सिद्धान्तलाई बोकेका हामी कार्यकर्ताले सजिलै विजय हासिल गर्न सक्छौं भन्दै कार्यकर्तालाई उत्साहित गराइन ।
विस्तारित बैठकमा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका वडा अध्यक्ष, भात्री संगठनका अध्यक्ष, प्रतिनिधि,सुबेच्छुक संगठनका अध्यक्ष, प्रतिनिधि, उपमहानगरपालिका कार्यसमिति सदस्य, लुम्बिनी प्रदेश सदस्य, केन्द्रिय सदस्यको उपस्थिति थियो ।  विस्तारित बैठकको समापन गर्दै अध्यक्ष रतनबहादुर शाहीले जोशिलो प्रशिक्षण दिए । उनले भने, ´ नेकपा माओवादी केन्द्रको एजेन्डामा आज देश हिडेको छ, त्यसैले ढुक्क भएर संगठन बिस्तारमा लाग्नुस, बैशाख ३० गते हुने निर्वाचनको परिणाम २३ वटै वडामा हाम्रो झण्डा गाड्छौं । ` अध्यक्ष शाहीले चैत महिना तेस्रो हप्ता भित्र सबै वडाका जनप्रतिनिधि, उपमेयर र मेयर सार्वजनिक गरिने बताए । जोसिलो प्रशिक्षण दिदै अध्यक्ष शाहीले विस्तारित बैठकको समापन गरे ।

Next Post

किन तातियो नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ??

२०७८ चैत्र ९, बुधबार २३:३६
नेपालगन्ज । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पुर्ण बैठक सम्पन्न  भएको छ । पुर्ण बैठकले निर्वाचित हुनुभएका पदाधिकारीहरुलाइ बधाइ दिने निर्णय गरेको छ । निर्वाचित पदाधिकारी अध्यक्ष गायत्री गुरुङ, उपाध्यक्ष गुणाखर बस्याल(पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ), सचिव- जगन्नाथ खनाल (गोरखा), सहसचिव अतिन्द्रकेशरी न्यौपाने (तनहुँ), सहसचिव मेख बहादुर भण्डारी […]