लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह

  ।   २०७७ फाल्गुन ३, सोमबार ०८:५७

रन्जित कुमार चौधरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ ।

मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ ।

कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने छ । गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले ११ प्रकारका पदक मार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिनुभयो ।

गत २० असोजमा प्रदेश सभाले स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा कायम गर्ने र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने निर्णय गरेको थियो । राप्ती गाउँपालिकास्थित प्राविधिक शिक्षालय परिसरलाई प्रशासनिक केन्द्र बनाउने र त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिका– ३ गोबरडिहास्थित स्थित सरस्वती उच्च माविमा स्थानान्तरण गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

Next Post

नेता शर्माले गरे गम्भीर घाइते डागीको उद्धार

२०७७ फाल्गुन ३, सोमबार ०८:५७
पश्चिम / रुखबाट लडेर टाउकोमा गम्भीर चोटलागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा उद्धार गरिएको हो । पार्टी कार्यक्रम चौरजहारीबाट फर्किनु भएका नेता शर्माले तारा एयर चार्टर गरि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको […]