रुसमा सुरु भयो कोरोनाविरुद्ध खोप अभियान

  ।   २०७७ मंसिर २१, आईतवार ०७:२०

रुस । रुसमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको छ ।

शनिबारबाट सुरु भएको खोप अभियानको पहिलो चरणमा हजारौं चिकित्सक, शिक्षक र जोखिममा रहेका अन्य पेशाकर्मीहरुले खोप लगाउन नाम दर्ता गराएका छन् । पहिलो दिन शनिबार राजधानी मस्कोमा ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

रसियाकै गमलेय इन्स्टिच्युटले बनाएको खोपको नाम स्पुतनिक भी नाम राखिएको छ । करीब ४ महिनाअघि गमलेय इन्स्टिच्युटलाई रसिया सरकारले खोप बनाउने अनुमति दिएको थियो । बृहत् खोप अभियानको शुरुमा २० लाख जनालाई खोप लगाउने कार्यक्रम छ । १८ वर्षदेखि ६० वर्ष उमेरका नागरिकलाई खोप लगाइँदैछ ।

खोपको २ मात्रा लगाउनु पर्ने र पहिलो खोपको २१ दिनमा दोस्रो खोप लगाउनु पर्ने रुसी अधिकारीहरुले जनाएका छन् । श्वासप्रश्वासका १ महिना यताका बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिला र सिकिस्त बिरामीलाई भने स्पुतनिक भी खोप लगाउन नहुने भनिएको छ ।

रसियामै अन्य २ प्रकारका खोप पनि कोरोनाविरुद्ध तयार भैरहेको जनाइएको छ । एजेन्सी

Next Post

मिस नेपाल- २०२० को उपाधि नम्रता श्रेष्ठलाई

२०७७ मंसिर २१, आईतवार ०७:२०
काठमाडौ । मिस नेपाल– २०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई मिस नेपाल– २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याउनुभयो । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग […]

सम्बन्धित शीर्षक