धान विक्रीका लागी सिफारिस लिने कृषकको भीड

  ।   २०७८ मंसिर २४, शुक्रबार १२:५१

संवाददाता, नेपालगंज

कृषि ज्ञान केन्द्र बाँके (नेपालगंज) मा आज बिहानै देखी धान विक्रीका लागी सिफारिस लिने कृषकहरुको भीड लागेको छ ।

नेपाल सरकारको स्वामित्वमा भएको खाद्य संस्थानले कृषिको सिफारिस (कुपन) का आधारमा धान खरिद गर्ने भएपछि सिफारिस लिन कृषकहरु बिहानै पुगेका हुन ।

कृषकहरुको भीड बढेपछि कुपन वितरण गर्न नै समस्या देखिएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ जीवन कुमार केसीले सुरक्षा निकायको सहयोगमा लाइन ब्यवस्थित गरी जग्गाको लालपुर्जा (जग्गा धनी प्रमाण पत्र), नागरिकता लगायतका कागज पत्रको आधारमा एक जना कृषकलाई ३० क्विनटल सम्म धान बिक्री गर्नका लागी सिफारिस (कुपन) दिने कार्यालयको योजना रहेको जानकारी दिनुभयो ।

खाद्य संस्थानले यसपालिका कृषकबाट मोटा धान २ हजार ७ सय ५२ रुपैंया र मध्यम धान २ हजार ९ सय २ रुपैंयाका दरले खरिद गर्ने भनी मूल्य निर्धारण भएको उल्लेख गरेको छ ।

यही मंसिर २६ गतेबाट खाद्य संस्थानले धान खरिद गर्ने योजना बनाएको छ ।

 

Next Post

बाँके युनेस्कोका दुईजना अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

२०७८ मंसिर २४, शुक्रबार १२:५१
नेपालगञ्ज । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ । भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई […]