बाँके जिल्लाबाट आज थप ६६ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक ४, मंगलवार ०८:५४

बाँके । बाँके जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ६६ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा २५ जना महिला र ४१ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई हजार १७५ पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार ७२९ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये २९ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ५४२ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७९.७० प्रतिशत, मृत्यु दर १.०६ प्रतिशत र रोगको प्रकोप दर ०.४५ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

 

Next Post

कोरोना संक्रमितको निशुल्क उपचारको व्यवस्था यथावत : मुख्यमन्त्री पोखरेल

२०७७ कार्तिक ४, मंगलवार ०८:५४
नेपालगन्ज । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित बिरामीको उपचार निशुल्क रुपमा भैरहेको जानकारी गराएका छन । मुख्यमन्त्री पोखरेलले आज आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी गराएका हुन । उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष अस्पतालबाट दिइदै आएको निशुल्क उपचार सेवा यथावतै […]