बाँके युनेस्कोका दुईजना अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

  ।   २०७८ मंसिर २६, आईतवार १३:२४

नेपालगञ्ज । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।

भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरेको बताउनुभयो ।

नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहमा उहाँहरुलाई सम्मान प्रदान गरिएको क्लबले जनाएको छ । यसअघि बाँके युनेस्को क्लबका संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीलाई पनि भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको थियो ।

अन्तराष्टियस्तरको सो सम्मानबाट क्लबको मान सम्मान समेत विश्वमा बृद्धि भएको जनाउँदै सम्मानित हुनु भएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले यसबाट आफुलाई झन समाजसेवा गर्ने प्रेरणा प्राप्त भएको बताउनुभयो । बाँके युनेस्को क्लबले विभिन्न अन्तराष्टिय गैर सरकारी संस्था र सरकारी निकायहरुसंग मिलेर बाँके र बर्दिया जिल्लामा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आएको छ ।

Next Post

महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा

२०७८ मंसिर २६, आईतवार १३:२४
संवाददाता । नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि संघले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको हो […]

सम्बन्धित शीर्षक