थप तीन हजार ९३ सङ्क्रमितसहित एक लाख ३९ हजार १२९ पुग्यो

  ।   २०७७ कार्तिक ४, मंगलवार १८:२४

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३९ हजार १२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ४१ हजार ७५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९६ हजार ६०९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड(१९ को कारणले मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

Next Post

रिम्डिसिभिर ४५० भाइल आइपुग्यो,थप आउँदै,अक्सिजन अभाव छैन

२०७७ कार्तिक ४, मंगलवार १८:२४
काठमाडौं । कोरोना संक्रमितका लागि अत्यावश्यक पर्ने रिम्डिसिभिरको थप छ हजार भाइल ल्याउन सरकारले तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइल रिम्डिसिभिर काठमाडौं आइपुगेको छ । यसअघिपनि सरकारले रिम्डिसिभिर ल्याउन तीन ओटा कम्पनीलाई अनुमति दिएको थियो । सो समयमा ल्याएको रिम्डिसिभिरको मौज्दात सकिएकाले फेरि औषधि ल्याउन अनुमति प्रदान […]

सम्बन्धित शीर्षक