नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न माग

  ।   २०७८ श्रावण १७, आईतवार १५:३७

संवाददाता ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न कर्मचारी यूनियनले माग गरेका छन् ।

पहिलो पटक नेपालमा बुकबिल्डिङमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको हुँदा यूनियनले दुवै जनाको निलम्बन माग गरेको हो ।

केही दिनयता विभिन्न सञ्चार माध्यममा बोर्डका अध्यक्ष ढुंगाना र सञ्चालक ढकालले सर्वोत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको समाचार प्रकासित भइरहेका छन् ।

बोर्डका सञ्चालक समिति सदस्य ढकालका भाइ तथा मुख्य कारोबार हेर्दै आउनुभएका आइएमई समूहका हेमराज ढकालका नाममा २ लाख कित्ता र उहाँका व्यापारिक साझेदार अम्बिकाप्रसाद पौडेलको नाममा १ लाख ५० हजार कित्ता सेयर नाम सारि गरिएको खुलेको छ ।

आज एक विज्ञप्ती सार्वजनिक गर्दै यूनियनले विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

लुम्बिनी संञ्चारबाट

Next Post

Prabhuram Sharma appointed acting Nepal Army chief

२०७८ श्रावण १७, आईतवार १५:३७
File Photo Reporter . President Bidya Devi Bhandari has appointed Lieutenant General Prabhuram Sharma acting Nepal Army (NA) chief. Sharma has been appointed acting NA chief on Sunday on recommendation of the Cabinet, according to Spokesperson at the President’s Office Jagannath Panta. The Cabinet meeting on July 27 had recommended […]

सम्बन्धित समाचार