कृषि विकास बैंकको अधिकृतमा निरौला

  ।   २०७७ फाल्गुन ११, मंगलवार ११:३८


बाँके । बाँकेको खजुरा गाउँपालिका ३ खजुरा एक नम्बरका घनश्याम शर्मा निरौला कृषि विकास बैंकको अधिकृतको रुपमा सेवा निवृत्त हुनुभएको छ । उहाँ पुर्व राष्ट्रसेवक कर्मचारी पनि हुनुहुन्छ । निरौलाले सहकारी संस्था लिमिटेड खजुराको सञ्चालक समिति अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रसेवामा प्राप्त गरेको अनुभवका आधारमा सहकारीलाई अझ राम्रो बनाउन सक्छु भन्ने विश्वासका साथ चुनावी मैदानमा उत्रिएको छु, निरौलाले भन्नुभयो,– सबै सदस्यहरुबाट राम्रो रेस्पोन्स पाएको छु । समाजसेवाका लागि सहकारीमा लागेको बताउँदै उहाँले आफुले अध्यक्ष निर्वाचित भएपछि पारीश्रमिक नलिने घोषणा समेत गर्नुभएको छ । सहकारीलाई जिल्लाकै उत्कृष्ट बनाउन आफु लागिपर्ने उहाँको भनाई छ ।

अध्यक्षमा निरौलासँगै पुर्व अध्यक्ष निर्मल खनाल, केदार गिरी र दिपवहादुर थापाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्रेमाकुमारी राना, नरवहादुर खड्का र सत्य थापा मगर प्रतिष्पर्धामा रहनुभएको छ ।

सदस्यहरुमा ऋषिराम वली, तेजवहादुर थापा, प्रदिपकुमार थापा, एक्केवहादुर खत्री, चन्द्रवहादुर रजाली, अर्जुनसिंह थापा, बसुन्धरा देवी प्याकुरेल, मनवहादुर थापा, तुलाराम गिरी, चिनु कुँवर, भिमवहादुर विश्वकर्मा, लोकवहादुर शाही, गोपालवहादुर थापा र कृष्णदेवी प्रतिष्पर्धामा रहनुभएका छ । लेखा समितिको संयोजकमा टेकवहादुर रोकाक्षेत्री, होमप्रकाश रेग्मी, अर्जुनसिंह पाण्डे र भिमवहादुर राना उम्मेदवार रहनुभएको छ । सदस्यमा निर्मला सिंह, नन्दलाल खत्री, रामप्रताप शाह र यज्ञ बुढामगर उम्मेदवार हुनुहुन्छ । जिल्ला प्रतिनिधीमा महेन्द्र मल्ल, श्रवणकुमारधिर केसी र धनवहादुर वलीको उम्मेदवारी परेको छ ।

Next Post

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास : द्रुत गतिमा काम अघि बढ्छ– मन्त्री भट्ट

२०७७ फाल्गुन ११, मंगलवार ११:३८
सुर्य प्रसाद धिताल बाँके । नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो । कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि […]

सम्बन्धित समाचार