एक पटकमा २ सय मेट्रिकटन सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने कार्य विधि

  ।   २०७८ चैत्र ३, बिहीबार १५:४८

संवाददाता ।

सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्य विधि जारी गरेको छ ।

मन्त्रिपरिषदबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिज्य विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो ।

केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

‘वार्षिक स्वीकृत स्किम र परिमाणको सीमा भित्र रही एक पटकमा विभागले एक पटकका लागि बढीमा २ सय मेट्रिकटन मात्रै पैठारीको इजाजत दिन सक्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोप्य राखेको कार्यविधिमा उल्लेख छ ।

यस्ता वस्तुको आयातका लागि निवेदन दिने उद्योगहरुले स्वीकृत गरेको स्किम र वार्षिक उत्पादन विवरण पनि पेश गर्नु पर्नेछ भने सम्बन्धित उद्योगले प्रमाणित गरेको बिक्री विवरण साथै उद्योग जडान गरेको मेसिनरी क्षमताको विवरण पनि वाणिज्य विभागमा पेश गर्नु पर्ने छ ।

यस्तै उद्योग सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्य पनि खुलाउनु पर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले उद्योगहरुले अघिल्लो वर्ष आयात गरेको भए सोको विवरण पेश गर्नु पर्ने बाध्यकारी व्यवस्था पनि गरेको छ ।

यसरी आयात गरिएको सुपारी, छोकडा, केराउ निकासी र ट्रेडिङलाई बिक्री वितरण पनि कार्यविधिले रोक लगाएको छ ।

अनलाइन खबरबाट

Next Post

रहनुभएन नेपालगन्जका धरोहर दामोदर आचार्य

२०७८ चैत्र ३, बिहीबार १५:४८
नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज विहान निधन भएको छ । लामो समय देखि क्यान्सर संग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको हो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्य राजनीतिक योद्धाको […]