गर्मीका कारण बाँकेका स्थानीय सरकारले विद्यालयहरु बन्द गर्ने निर्णाय गरे

  ।   २०७९ जेष्ठ २६, बिहीबार १८:४५

प्रमिला चौधरी, नेपालगंज

केही दिन यता देखी बढेको गर्मीका कारण बाँकेका स्थानीय सरकारले विद्यालयहरु बन्द गर्ने निर्णाय गरेका छन । आज मात्रै नेपालगंज, कोहलपुर र खजुराले गर्मीका कारण विद्यालयहरु बन्द गर्न भन्दै सार्वजनिक रुपमा सूचना जारी गरेका हुन ।

नेपालगंज उपमहानगरपालिकाले जारी गरेको सूचना अनुसार भोली २७ गते शुक्रबार देखी ३१ गते मंगलबार सम्म पालिका भित्रका सामुदायिक, संस्थागत, धार्मिक सबै विद्यालयहरुमा गर्मी विदा हुने भएको छ ।

यस्तै कोहलपुरमा पनि बर्खे विदामा मिलान हुने गरी ३१ गतेसम्म विदा दिईएको छ । खजुराले पनि ३० गते सम्म विद्यालय बन्द गर्ने जनाएको छ ।

#बढेको_गर्मी

Next Post

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

२०७९ जेष्ठ २६, बिहीबार १८:४५
वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान नेपालगञ्ज । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा […]

सम्बन्धित समाचार