प्रेस सेन्टरका केन्द्रीय सचिव तथा गाेरखापत्रकर्मि खान भारतमा सम्मानित

  ।   २०८१ जेष्ठ १७, बिहीबार २२:१६

नेपालगन्ज, । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा गाेरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतकाे हिन्दी पत्रकारिता दिवसकाे अवसरमा भारतको बहराईचमा सम्मानित गरिएको छ।

हिन्दी पत्रकारिता दिवस २०२४ काे अवसरमा कलाम फाउन्डेसन र उत्तर प्रदेश जिला मान्यता प्राप्त एसाेसियसन देविपाटन मण्डलले भारतकाे बहराईचमा बिहीबार आयाेजना गरेको सम्मान कार्यक्रममा समाचारदाता खानलाई सम्मान गरेको हाे। साे अवसरमा जनमत अर्ध साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार पुर्णलाल चुकेलाई पनि सम्मान गरिएकाे थियो । पत्रकार चुके काम बिशेषले काठमाडौंमा रहनु भएकोले कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

सम्मानित पत्रकारहरुलाई भारतकाे प्रेस काउन्सिलका पुर्व सदस्य रजा हुसैन रिजवि, हिन्दुस्तान दैनिकका वरिष्ठ पत्रकार भागवत शुक्ला र उत्तर प्रदेश जिला मान्यता प्राप्त एसाेसियसन देविपाटन मण्डलका अध्यक्ष सैय्यद शादाब हुसैनले दाेसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो ।साे अवसरमा हिन्दी पत्रकारिताकाे अवस्था बिकास र चुनाैतिका बारेमा डेढ दर्जन बढी पत्रकारहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागी अधिकांश पत्रकारहरुले निरभिक र निश्पक्ष पत्रकारितामा जाेड दिनु भएको थियाे ।कार्यक्रममा भारतकाे प्रेस काउन्सिलका पुर्व सदस्य रजा हुसैन रिजवि, हिन्दुस्तान दैनिकका वरिष्ठ पत्रकार भागवत शुक्ला, उत्तर प्रदेश जिला मान्यता प्राप्त एसाेसियसन देविपाटन मण्डलका अध्यक्ष शादाब हुसैन, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, वरिष्ठ पत्रकार अजय त्रिपाठी, अलिम फारुकि लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।

Next Post

कक्षा कटौती भएपछि टाढाका विद्यार्थीलाई छात्रावास

२०८१ जेष्ठ १७, बिहीबार २२:१६
रेखीराम राना तानसेन, । कक्षा कटौती भएपछि गाउँपालिकाले टाढाका विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको छ । विद्यार्थी सङ्ख्या कम भएपछि कक्षा कटौती भएका विद्यालयका विद्यार्थीलाई दृष्टिगत गर्दै अर्को विद्यालयमा छात्रावास सुरु गरिएको हो । जिल्लाको तिनाउ गाउँपालिकाको सहयोगमा पहिलो पटक वडा नं. ६ को मस्याम माध्यमिक विद्यालयमा छात्रावास सञ्चालन गरिएको […]

सम्बन्धित शीर्षक