संचारिका समूह बाँकेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  ।   २०८० कार्तिक ३, शुक्रबार २३:२९

शान्ति सुनार

कोहलपुर । संचारिका समूह नेपाल बाँके शाखाद्वारा आयोजना गरिएको बिजया दशमी, दिपावली, र छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाकि उपाध्यक्ष संगीता सुवेदीले महिला पत्रकारहरुलाई अगाडी बढ्न आफ्नो साथ रहने बताउनु भयो । प्रजिअ श्रवण कुमार पोखरेलले बाँके जिल्ला सद्भावको जिल्लाकोरुपमा चिनिदै आएको र यसलाई कायम राख्न सबैले आ- आफ्नो ठाउँबट भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो  । बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले आफुले सच्याउन नपर्ने गरि पत्रकारहरुलाई समाचार लेख्न र प्रकाशन गर्न अनुरोध गर्नु भयो । प्रहरी र पत्रकार आपसी समझदारीमा चल्ने भएकाले आफुहरु सहकार्य गर्दै अगाडी बढ्ने कुरामा आस्वस्त रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा  ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी सुन्दर तिवारी, नेपाली कंग्रेस बाँकेका सभापति नारायण गंडेल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाया, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा , प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीका अध्यक्ष पुष्पराज हमाल , संचारिका समूह बाँकेकी उपाध्यक्ष सरला सुवेदी, लगायतले शुभकामना दिनुभएको थियो ।

संचारिका समूह बाँकेकी अध्यक्ष रुपनी जि एमको अध्यक्षतामा  महासचिव पबित्रा परियारले सो कार्यक्रम संचालन गर्नु भएको थियो ।

Next Post

गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइयो

२०८० कार्तिक ३, शुक्रबार २३:२९
नेपालगन्ज । गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालक सहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताउनु भयो […]

सम्बन्धित शीर्षक