गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइयो

  ।   २०८० कार्तिक ४, शनिबार ११:१६

नेपालगन्ज । गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालक सहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताउनु भयो ।

उहाँका अनुसार गोरखाबाट गएको टोलीले हनुमान ढोकाबाट जीवनपुर हुँदै आएको टोलीलाई भेटेर हस्तान्तरण गर्नेछ र उक्त टोली गोरखा फर्किने छ । ‘यो परम्परा निकै पुरानो छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो,’ उहाँले भन्नुभयो, ‘पहिले हिँडाएर लगिन्थ्यो । आजभोलि सुविधा आयो, गाडीबाट पठाइन्छ ।’

८ बजेको साइटमा डोली पठाइएको उहाँले बतानु भयो । गाडीमा चण्डीस्थानको पुजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीलाई समेत पठाइएको छ । फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् ।

दरौंदीको ठुलो वनबाट सङ्कलन गरेर बिहानै गोरखा दरबार पुर्‍याइन्छ । ‘काठमाडौँ पठाउने फूलपाती बिहानै ल्याउँछन् । गोरखा दरबारको दसैँघरमा भित्र्याउने फूलपाती चाहिँ दिउँसो ३ बजेतिर ल्याउनुहुन्छ,’ उहाँले भन्नु भयो, ‘त्यसलाई विशेष पूजाआजाका साथ दसैँघरमा भित्र्याउँछौँ ।’ हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

Next Post

दसैंका बेला खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

२०८० कार्तिक ४, शनिबार ११:१६
चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरूले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण शाह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले […]