लुम्बिनी प्रदेशमा संञ्चारमैत्री विधेयक आउदैछ : मन्त्री तिलकराम शर्मा (हिमाल)

गठनबन्धन सरकार बीच थप एकतामा जोड

  ।   २०७८ पुष ३०, शुक्रबार १७:३२

संवाददाता, गुलरिया ।

लुम्बिनी प्रदेशको संञ्चार विधेयक सबैको सुझावलाई समेटेर संसद सचिवालयमा टेबुल गर्ने प्रक्रियामा रहेको प्रदेशका आन्तरिक मामिला तथा संञ्चारमन्त्री तिलकराम शर्मा (हिमाल) ले बताउनुभएको छ ।

आज बर्दियाको गुलरियामा प्रेस सेन्टर नेपाल बर्दिया शाखाले आयोजना गरेको ‘माघि पर्व २०७८ को शुभकामना आदान प्रदान तथा पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम’ मा मन्त्रि हिमालले भन्नुभयो, ‘औपचारिक रुपमा हामीले सुझाव माग गरेका थियौं, सबै संञ्चारकर्मीले महत्वपुर्ण धेरै सुझावहरु दिनुभएको छ, संकलन गरिएका सुझावका आधारमा लुम्बिनी प्रदेशको संञ्चारमैत्री विधेयक परिस्कृत र राम्रो आउदै छ । मैले मन्त्रालय सम्हालेपछि यहाँहरु सबैको सुझावका आधारमा संञ्चार विधेयकलाई अगाडी बढाउने गरी काम गरेको थिएँ ।’

मन्त्रि हिमालले आफु बर्दियाबाट प्रतिनिधित्व गर्ने भएकाले बर्दियाको पत्रकारिता र संञ्चार क्षेत्रको विकासका लागी आवाश्यक पर्ने बजेट, कार्यक्रमका लागी तत्काल र आगामी दिनमा गर्न सकिने पहल बारे ध्यान दिईरहेको भन्दै पत्रकार महासंघले यस बिषयमा आफना आवाश्यकता, कार्यक्रम बारे जानकारी गराउन, नेपाल पत्रकार महासंघको प्रदेश समिति सँग समन्वय बढाउन अनुरोध पनि गर्नुभयो ।

उहाँले संञ्चार प्रविधि, सूचनाको जमानामा संञ्चारमाध्यम, संञ्चारकर्मीले पनि आफना कामकारबाहीलाई सधै नकरात्मक रुपमा मात्र केन्द्रित नगरी रचनात्मक आलोचनाका रुपमा पनि अगाडी बढाउनुपर्नेमा जोड् दिनुभयो ।

यसका लागी लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा संञ्चार मन्त्रालयले पनि क्षमता विकास लगायतका विभिन्न कार्यक्रमहरु नेपाल पत्रकार महासंघ लगायतको अगुवाईमा संञ्चालन गर्ने योजना बनाएको पनि बताउनुभयो ।

गृह जिल्ला बर्दिया आसपास क्षेत्रका कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्रि शर्माले माघि पर्वका अवसरमा थारु, मगर लगायतका समुदायलाई शुभकामना दिदै माघि पर्वको सांस्कृतिक बिषयबस्तु, सार्वजनिक विदाका बारेमा पनि केही चर्चा गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल बर्दिया शाखाका अध्यक्ष भीम उचै ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री शर्माले नेपालको परिवर्तन, गणतन्त्र, संघीयता माथी गिद्धे दृष्टि लगाउने, असफल बनाउने जुन खालको खेल, काम भईरहेको छ, त्यसैलाई जनताले पराजित गर्नेछन, र वर्तमान गठनबन्धनको सरकारलाई झन शक्तिशाली बनाएर अगाडी बढ्न मद्दत पुगोस भन्ने धारणा पनि ब्यक्त गर्नुभयो ।

बर्दियाको गुलरियामा आयोजना गरिएको कार्यक्रमलाई सम्पन्न गर्न बारबर्दिया, मधुवन नगरपालिका र आन्तरिक मामिला तथा संञ्चार मन्त्रालय (लुम्बिनी प्रदेश) ले पनि सहआयोजकका रुपमा सहकार्य गरेको प्रेस सेन्टर नेपाल बर्दिया शाखाले जनाएको छ ।

 

Next Post

औषधी ब्यवस्था विभागको नेपालगंज स्थित कार्यालयको कार्य प्रगति कति ?

२०७८ पुष ३०, शुक्रबार १७:३२
संवाददाता, नेपालगंज । औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगंजको चालु आर्थिक बर्ष २०७८-०७९ को प्रथम त्रैमासिक लक्ष्य १२६ रहेकोमा प्रगति भने ११७ पुगेको छ । यो अवधिमा एलोपेथिक फार्मेसी, भेटेरिनरी फार्मेसी, आयुर्वेदिक फार्मेसी, होमियोप्याथिक, यूनानी गरी ११ वटा होलसेल र १०६ वटा खुद्रा औषधी पसलहरुको अनुगमन गरिएको छ । औषधी ब्यवस्था […]