माओवादी महिला भेलामा पन्चे बाजा

  ।   २०८० मंसिर २४, आईतवार ११:०४


नेपालगन्ज । नेपालगन्ज बसपार्क कृष्णनगर टोलमा पन्चेबाजा झ्याई झ्याई बज्दै थिए । अनौठो के थियो भने पन्चे बाजा पनि महिलाले  बजाउदै थिए । सनिवार बिहान न कुनै बिबाह वा अरु उत्सव नै,  यो त नेकपा माओवादी केन्द्रमा आस्था राख्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेको जिल्ला भेला थियो । लोपहुन लागेको पन्चे बाजाको संरक्षणमा अ.ने.म. संघ (क्रान्तिकारी) बाँकेले आफ्नो जिल्ला भेलामा पन्चे बाजासहित भेला उद्घाटन गरेको अनेम संघ (क्रान्तिकारी) कि बाँके इन्चार्ज रेणुका बिष्टले बताउनु भयो ।                  महिलाहरूको आफ्नै सिप कौशलताले गरेको यस्तो कुरामा नयाँ सन्देश दिएको छ भन्दै पुर्व मुख्य मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति  सदस्य बाँके इन्चार्ज कुलप्रसाद केसी (सोनाम) ले बताउनु भयो । उहाँले भन्नुभयो, ´पेसागत हिसाबले अग्रगामी, बाँकेको लागि धेरै नयाँ उत्साहबर्द्धक हो ।` कार्यक्रमको समेत उद्घाटन गर्नुभएका उहाँले संगठनलाई सशक्त बनाउन क्रियाशील भएर लाग्न क्रान्तिकारी महिलालाई आग्रह गर्नुभयो । उहाँले दश वर्षिय जनयुद्धबाट प्राप्त गरेका उपलब्धिसहितको व्यवस्थालाई खोस्न केही पश्चगामी शक्ति लागिपरेको र त्यसको प्रतिरोध गर्न क्रान्तिकारी शक्ति लाग्नुपर्ने कुरामा जोड दिनुभयो।    व्यवस्थाकै कारण आज महिलाहरूले आफ्नो अधिकार प्रयोग गर्न पाएको बताउनु भयो ।      भेलामा यसरी तामझामका साथ लोप हुन लागेको पन्चे बाजा संरक्षणसँगै महिलाले बजाएको बाजाले अनेम संघ बाँकेले एक नयाँ पद्धतिको सुरुवात गरेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी (नमुना) ले बताउनु भयो । उहाले भन्नुभयो, ´माओवादीको दश वर्षे जनयुद्धबाट आत्मानिर्भर हुने अवस्थामा आएको हो । अझै पनि हाम्रो समाजलाई परिवर्तन गर्न हामी महिलाहरू लागि पर्नुपर्छ ।`  अनेम संघ बाँकेले जीवन्त रुप लिएको छ । जिल्लाभरका पालिकाबाट उपस्थित भएका महिलाको उपस्थितिले नयाँ उर्जा प्राप्त गरेको छ भन्दै पन्चे बाजाले नयाँ अनुभुती भएको नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले बताउनु भयो । बाँके जिल्लाभरको माओवादी केन्द्रभित्रका महिलाहरू सक्षम भएर सिंगो जिल्लालाई परिवर्तन गर्ने अवस्थामा पुग्नुपर्ने जिकिर संयोजक जेम्सको छ । संयोजक जेम्सले माओवादी आन्दोलनमा महिलाले खेलेको भूमिका सँधै स्मरणीय हुने बताउनु भयो ।

७५ सदस्यीय जिल्लास्तरीय समिति            अनेम संघ (क्रान्तिकारी) को जिल्ला नेतृत्वको लागि ५ जना महिला नेताको दावी थियो । ५ जनाबिचको कडा प्रतिस्पर्धा भएको हुनाले संयोजक र सह संयोजक पछि तोक्ने गरि ७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । अनेम संघ (क्रान्तिकारी) को विधान अनुसार पार्टी प्रदेश समितिले संयोजक र सह संयोजकको नेतृत्व टुंगो लगाउने भएको छ ।     

महिला नेताको दावी देख्दा माओवादी प्रतिको क्रेज बढ्दै गएको नेकपा माओवादी केन्द्र बाँके सचिब डिल्ली बरालले बताउनु भयो । लामो समय पछि पार्टीका भातृ संगठ, आस्थागत संगठन र पेसागत संगठमा जीवन आएको छ पार्टी लुम्बिनी प्रदेश सदस्य गेहराज रिजाल (नविन)ले बताउनु भयो ।         

कार्यक्रम धुमधामका साथ सम्पन्न भएको नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।

Next Post

नाना रैथाने हाटबजार संचालन

२०८० मंसिर २४, आईतवार ११:०४
नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन भएको छ । नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा शनिबार रैथाने वस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गरेको महिला उद्यमी तथा नाना चाचाका सञ्चालक […]