बजेट पास गरेपछि मात्र खर्च गर्न अर्थको स्थानीय तहलाई अनुरोध

  ।   २०७८ असार २४, बिहीबार १४:१८

संवाददाता ।
स्थानीय तहले १० असार भित्र सम्बन्धित तहको सभामा बजेट पेश गर्नुपर्छ । असार मसान्त भित्र बजेट पास गरि १ साउनबाट कार्यान्वयनमा जानु पर्छ ।

तर, कतिपय स्थानीय तहले बजेट नै पेस नगरेको भन्दै अर्थ मन्त्रालयले बजेट पास नगरी खर्च गर्न नपाइने प्रावधानबारे सचेत गराएको छ ।

समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई आगामी आवको वित्तीय हस्तान्तरणमा कार्यसम्पदान मूल्यांकनमा कम अंक दिने गरिन्छ । जसले गर्दा उनीहरुले संघबाट प्राप्त गर्ने अनुदान प्रभावित हुन जान्छ ।

अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई पत्र लेख्दै समयमै बजेट पेश गरी पास गर्न भनेको छ । बजेट पास गरेपछि मात्र खर्च गर्न अर्थले सचेत गराएको छ ।

अनलाइन खबरबाट

Next Post

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख

२०७८ असार २४, बिहीबार १४:१८
एजेन्सी । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख भन्दा धेरै पुगेको छ । कोभिडका कारण सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाउँदा दोस्रो स्थानमा छिमेकी देश भारत रहेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख भन्दा बढीको कोभिडबाट ज्यान जाँदा भारतमा ४ लाख भन्दा धेरै व्यक्तिको कोभिडबाट मृत्यु भएको विश्व […]

सम्बन्धित समाचार