बुधबार नेप्से ५ दशमलव ३६ अङ्कले बढ्यो

  ।   २०७७ भाद्र ३१, बुधबार १७:१७


काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से पाँच दशमलव ३६ अङ्कले बढेर १५ सय ४१ दशमलव ४० अङ्कमा पुगेको छ ।

बुधबार बैंक बाहेक अरु सबैजसो समूहको शेयर बढेको छ । होटल समूहको शेयर एक सय ४२ अङ्कले, जीवन बीमाको ७२ अङ्कले, जलविद्युतको ५४ अङ्कले र निर्जीवन बीमा कम्पनीको शेयर ४२ अङ्कले बढेको छ ।

बुधबार एक सय ९४ कम्पनीका ६३ लाख ९० हजार कित्ता शेयर एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको नौ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै तीन वटा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि एनआईसी ब्यालेन्स फन्ड र लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताले झण्डै चार प्रतिशतका दरले गुमाएका छन् । उज्यालो अनलाइन

Next Post

४० नम्बरका लागि कक्षा १२ को परीक्षा अनलाइनबाट हुने

२०७७ भाद्र ३१, बुधबार १७:१७
काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को […]