प्रतिनिधि सभा सदस्य चुनावका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

  ।   २०७८ असार २०, आईतवार ०७:२५

काठमाण्डौ । सरकारले प्रतिनिधि सभा चुनावका लागि सात अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगलाई यो बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि यो रकम चुनाव सामग्रीलगायत अन्य सामग्री खरिद तथा चुनाव व्यवस्थापनमा खर्च हुनेछ ।

आउँदो कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा चुनावको घोषणा भएको छ । चुनावका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले यो सहमति दिएको हो । रासस

Next Post

सम्बन्ध विच्छेद गर्दै आमिर र किरण, जारी गरे संयुक्त वक्तव्य

२०७८ असार २०, आईतवार ०७:२५
एजेन्सी । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावलेसँग अलग हुने निर्णय गरेका छन् । आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । २८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् […]