मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना : प्रतिवेदन

  ।   २०८० पुष १२, बिहीबार १५:३८

नेपालगन्ज । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ ।

पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंगथापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्थ्यो ।

प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । ।

( नेपाल टेलिभिजन )

Next Post

बाँकेमा रक्तदानसम्बन्धी उत्प्रेरणा अभियान सुरु

२०८० पुष १२, बिहीबार १५:३८
नेपालगन्ज । एक घर एक रक्तदाता’ भन्ने नाराका साथ रगत सङ्कलन गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गत रहेको रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रक्तदानसम्बन्धी उत्प्रेरणा अभियान सुरु गर्ने भएको छ। रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रगतको अभाव हुन नदिन तथा अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गर्न लागेको जनाएको […]