फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

  ।   २०७७ कार्तिक २०, बिहीबार १९:११

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । यही शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो १ बजेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य सहभागी हुन कांग्रेसले आग्रह गरेको छ । यसअघि केही नेतालाई कोरोना देखिएपछि असोज १९ गतेको बैठक असोज २५ गतेका लागि सारिएको थियो । असोज २५ गते पनि केन्द्रीय समिति बैठक बस्न नसकेपछि कात्तिक २१ गतेका लागि सारिएको थियो ।

शीर्ष नेताहरुबीच केही विषयमा विवाद बढेकोले बैठक सरेको कांग्रेसका नेताहरुले बताएका छन् ।

Next Post

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान

२०७७ कार्तिक २०, बिहीबार १९:११
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप […]

सम्बन्धित शीर्षक