युवा नेतृ शाहीको पहलमा स्वास्थ्य समाग्री सहयोग

  ।   २०७८ जेष्ठ १०, सोमबार ००:२३

संवाददाता, नेपालगन्ज । दैलेख भगवतीमाइ गाउपालिकामा रहेको आइसोलेसन सेन्टरलाई युवा नेतृ मेनुका शाहीको पहलमा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।

नेतृ शाहीले बढ्दो कोरोनाको दोस्रो लहरबाट पीडित कोरोनाका बिरामीहरुलाइ लक्षित गरि अक्सिजन कन्सन्ट्रेटर मेसिन थान १, अक्सिजन सिलिण्डर थान ५, ग्लोब्स थान १ हजार जोडि, गमबुट थान १०, एन ९५ माक्स थान २०, सेनिटाइजर ५ लिटर, सर्जिकल माक्स २ सय प्याकेट लगाएको स्वास्थ्य समाग्री हस्तान्तरण गर्नु भएको हो ।

जनताको ज्यान बचाउन र स्वास्थ्यकर्मीहरुलाइ काम गर्न सजिलोहोस भन्ने मनोसायले स्वस्थ्य समाग्री हस्तान्तरण गरेको नेतृ शाहीले गुडन्युज खबरलाइ बताउनु भयो । नेतृ शाहीले भन्नू भयो,´ मेरो सानो पहलले जनताको ज्यान बचाउने हेतुले यो सहयोग गरेकी हु । यसबाट थोरै भएपनि जनता र स्वस्थ्यकर्मीहरुको घाउमा मलहम पट्टी लगाउने प्रयास मात्र गरेकी हु ।`

शाहीले हस्तान्तरण गरेको समाग्रीले स्वस्थ्यकर्मीहरु र कोरोनाका बिरामीहरुलाइ राहत हुने भगवतीमाइ गाउपालिकाले जनाएको छ । गाउपालिकाले नेतृ शाहीलाई धन्यवाद समेत दिएको छ ।

Next Post

नेकपा माओवादी केन्द्रद्धारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

२०७८ जेष्ठ १०, सोमबार ००:२३
प्रमिला चौधरी कोहलपुर (बाँके)। कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले आज खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका ५० घरधुरीका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध गराएको हो । यसअघि स्वास्थ्य सामग्री वितरण, निशुल्क शव ब्यवस्थापन तथा चिकित्सकसहित नगर […]