त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

  ।   २०८० श्रावण ३, बुधबार २३:०९

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो।

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो।
अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यो विभागको इतिहासकै ठूलो अपरेसन हो।

Next Post

स्याबास प्रचण्ड सरकार, भ्रस्टचारीहरुलाई यसरी नै खोरमा हाल्नु पर्छ

२०८० श्रावण ३, बुधबार २३:०९
सविता चन्द नरेन्द्र प्रसाद पाण्डे (जेम्स) नेकपा माओवादी केन्द्रका बाँके जिल्ला संयोजक हुनुहुन्छ । पार्टीलाई केन्द्रविन्दु बनाएर यतिखेर बाँके जिल्ला भित्र विभिन्न कार्यक्रम भैरहेका छन् । संयोजक पाण्डे हक्की स्वभावका एक निडर कमान्डर भएकोले होला बोल्दा पनि सिधै बोल्ने गर्नु हुन्छ । संयोजक पाण्डेलाई चौका पन्जा गर्न आउदैन । उहाँको […]

सम्बन्धित समाचार