नेकपा माओवादी केन्द्रद्धारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

  ।   २०७८ जेष्ठ १२, बुधबार २०:४१

प्रमिला चौधरी

कोहलपुर (बाँके)। कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले आज खाद्यान्न सहयोग गरेको छ ।

कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका ५० घरधुरीका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध गराएको हो । यसअघि स्वास्थ्य सामग्री वितरण, निशुल्क शव ब्यवस्थापन तथा चिकित्सकसहित नगर क्षेत्रमा घरदैलो अभियान गर्दै आएको माओवादी केन्द्र कोहलपुर नगर कमिटिले कोरोनाका कारण लागु गरिएको बन्दाबन्दीबाट प्रत्यक्ष समस्यामा परेका घरपरिवारलाई खाद्यान्न वितरण गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रको अगुवाईमा बाँकेको कोहलपुरमा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव निशुल्क रुपमा ब्यवस्थापन हुँदै आएको थियो । स्थानिय ढुढुवा खोलामा शव ब्यवस्थापनकालागि माओवादी केन्द्रले नगर सचिव बल बहादुर खड्काको नेतृत्वमा युवाहरुको टिम समेत परिचालन गर्दै आएको छ । त्यसैगरी नरेन्द्र न्यौपानेको नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक देबेन्द्र आचार्य सहितको टोलीले नगरभित्रका हरेक वडामा पुगी कोरोना संक्रमित बिरामीहरुको प्रत्यक्ष निगरानीका साथै आवश्यक परामर्शसहितको सेवा उपलब्ध गराउँदै आएको नेकपा माओवादी केन्द्र कोहलपुरनगर कमिटिले जनाएको छ ।

Next Post

स्कुलको राहात कोषमा ४० हजार बरावर खाद्यान्न सहयोग

२०७८ जेष्ठ १२, बुधबार २०:४१
बाँके । जिवन ज्योती स्कुल कोहलपुर १० ले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहात कोषमा ४० हजार बरावरको खाद्यान्न सहयोग गरेको छ । स्कुलले बिपन्नहरुका लागी सञ्चालीत राहात कोषमा ४० हजार बरावारको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती स्कुललका लेखा अधिकृत कल्याण तिमल्सेनाले जानकारी दिनुभयो । स्कुललका प्रिन्सीपल […]