स्कुलको राहात कोषमा ४० हजार बरावर खाद्यान्न सहयोग

चुलो नबले आफुहरुलाई खवर गर्न माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेको अग्रह

  ।   २०७८ जेष्ठ १६, आईतवार १८:१७

बाँके । जिवन ज्योती स्कुल कोहलपुर १० ले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहात कोषमा ४० हजार बरावरको खाद्यान्न सहयोग गरेको छ ।
स्कुलले बिपन्नहरुका लागी सञ्चालीत राहात कोषमा ४० हजार बरावारको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती स्कुललका लेखा अधिकृत कल्याण तिमल्सेनाले जानकारी दिनुभयो ।
स्कुललका प्रिन्सीपल फादर जोमन जेम्सले स्कुलले गुणस्तरीय शिक्षाका साथ साथै बिपन्नहरुका लागि बिभिन्न खाले सहयोग गर्दै आएको बताए । उनका अनुसार जिवन ज्योति स्कुलले कोहलपुरमा सञ्चालीत खाद्य बैकका ५० बोरा चामल , कोहलपुर नगरपालिको समाजिक बिकास शाखा मार्फत बाल बालिका तथा बृद्ध बृद्धा पौष्टिक आहार तथा स्वाथ्य समाग्रि र कोहलपुरमा सञ्चालीत कोभिड अस्पताल र ईलाका प्रहरी कार्यालय कोहलपुर लाई लाखौ मुल्यको स्वाथ्य समाग्रि समेत बितरण गरि सकिएको जानकारी दिनुभयो  । उहाँले स्कुलमा बिद्यार्थिहरुको तर्फ बाट  र स्कुलका तर्फ बाट छुटा छुटै सहयोग कोष सञ्चालन गरिएको समेत जानकारी दिनुभयो ।

माओवादी केन्द्र कोहलपुरले हुने खानेले हुदा खानेहरुका लागि सहयोगका लागि भन्दै राहात कोष सञ्चालन गरेको छ । पहिलो चरणमा आफ्ना कार्याक्रताहरुबाट झण्डै ३ सय बोरा चामल बितरण गरि सकिएको माओवादी केन्द्र कोहलपुरका संयोजक तुला राज बिष्ट बिहानीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले पार्टीको तर्फ बाट सञ्चालीत राहात कोषमा सहयोगका लागि सबै लाई अपिल समेत गर्नु भएको छ । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादरीमा काम गरेर खाने मजदुर , एकल असाहाय महिला तथा पुरुष , अपाङ र बिपन्न समुदाय लाई लक्षित गरि राहात संकलन तथा बितरण भई रहेको समेत उहाँले जानकारी गराउनु भयो । महामारीको समयमा चुलो नबले आफुहरु लाई खवर गर्न नेता न्यौपानले आग्रह गर्नु भयो ।

Next Post

महिला तथा बालबालिकाहरुको पुर्नस्थापना र आयआर्जन कार्यक्रम ल्याउनु पर्ने सरोकारवालाको माग

२०७८ जेष्ठ १६, आईतवार १८:१७
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतवार महिला बालबालिका तथा मानव बेचविखनका सवालमा मुख्य सरोकारवालाको सहभागितामा भर्चुअल रेडियो बहस कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचविखनविरुद्धको अभियान, रोकथाम नै समाधान भन्ने नाराका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबले आयोजना गरेको सो बहस कार्यक्रममा सरकारले […]