धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

  ।   २०७७ कार्तिक १२, बुधबार १८:५७

नेपालगन्ज / निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना३ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

Next Post

पछिल्लो २४ घण्टामा बाँकेका ३६ जनामा कोरोना पुष्टि, १८ जना डिस्चार्ज

२०७७ कार्तिक १२, बुधबार १८:५७
बाँके । बाँके जिल्लामा कोभिड– १९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या तीन हजार ४० जना पुगेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार बुधबार ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १९५ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा १८ […]