जीवन सपि विकास तालिमले आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास

  ।   २०८० चैत्र १२, सोमबार १९:०२

नेपालगन्ज,  । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाका १५ जना गरी कुल ३० जना युवतिहरुको सहभागिता रहेको थियो ।

बर्दियाका युवा महिलाहरूलाई आत्म–जागरूकता, प्रभावकारी संचार कौशल र अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा सहमति कौशल, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वमा केन्द्रित ज्ञान प्रदान गर्नु सो तालिमको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्वसहित आत्मरक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए । तालिमका प्रशिक्षक दिनेश चौधरी रहनु भएको थियो ।

तालिमका सहभागि बिना कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुंगले सयुंक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा सहभागिहरुको तर्फबाट बोल्दै उर्मिला चौधरीले जीवन सीप तालिमले सहभागिको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले यो तालिम निकै उपयोगी सावित भएको बताउनुभयो ।

उहाँले तालिमबाट युवतीहरु निकै हर्षित र उत्साहित रहेको तथा समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न हरित व्यापारमा लाग्ने प्रतिवद्धता जनाएको पनि बताउनुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजरहरु सञ्जिता रिजाल तथा कञ्चन दहितको पनि उपस्थिति रहेको थियो ।

Next Post

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री

२०८० चैत्र १२, सोमबार १९:०२
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो । “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम […]

सम्बन्धित समाचार